दक्षिण कोरियामा राजनीतिक खलबली : सउलस्थित निवासबाट पूर्व राष्ट्रपति पक्राउ

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई सउलस्थित उनको निवासबाट पक्राउ गरिएको छ । भ्रष्टाचार आरोपमा जारी गरिएको पछिल्लो वारेन्टको आधारमा अनुसन्धान अधिकारीहरूले उनलाई नियन्त्रणमा लिएका हुन् ।

यसअघि, यसै महिनाको सुरुवातमा पनि उनलाई पक्राउ गर्ने प्रयास गरिएको थियो । तर समर्थकहरुको व्यापक विरोधपछि अधिकारीहरु त्यो कदमबाट पछि हटेका थिए । अदालतले पक्राउ वारेन्टको अवधि थप गरेपछि भ्रष्टाचार अनुसन्धान कार्यालयले यो कदम चालेको बीबीसीले उल्लेख गरेको छ ।

युन सुकमाथि गत डिसेम्बरमा सैन्य शासन लागू गर्ने प्रयास गरेको आरोप लागेको छ, जसका कारण उनलाई विद्रोहसम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको छ । पक्राउको समयमा युनको निवासबाहिर उनका समर्थक र विरोधीहरूको बाक्लो भीड देखिएको थियो । स्थिति नियन्त्रणमा राख्न एक हजारभन्दा बढी प्रहरी अधिकारी तैनाथ गरिएको थियो ।

युनको गिरफ्तारीलाई लिएर कानुन व्यवसायीहरू र नागरिकबीच विभिन्न प्रतिक्रिया देखिएको छ । कतिपयले उनलाई पक्राउ गर्नु जनतामाथि विश्वासघात भएको बताएका छन् भने यस विषयमा अन्तिम निर्णय महाभियोग परीक्षणले गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *