माओवादी केन्द्र सरकार ताकेर बसेको छैन : हितराज पाण्डे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नेकपा माओवादी केन्द्र सरकार ताकेर नबसेको बताएका छन् । आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रमुख सचेतक पाण्डेले सो कुरा बताएका हुन् ।

उनले माओवादी केन्द्र जनतासँग जोडिने अभियान रहेको उल्लेख गर्दै जनताका समस्याहरु ल्याएर संसदमा राख्ने पनि बताए । नेकपा (माओवादी केन्द्र) सरकारतिर नभई जनतातिर जान चाहिरहेको उनको भनाइ छ ।

उनले संसदमार्फत नै सरकारले विधेयकका कामहरु अगाडि नबढाए विरोध गर्ने समेत बताए । सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको पार्टीले विरोध गर्ने बताए । उनले अध्यादेशमार्फत ल्याइएका विधेयकहरु जनताको हितमा नहुने र जनताको आवाज सम्बोधन गर्न नसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 20 =