देउवाको ‘नक्कली विज्ञप्ति’ भाइरल,कांग्रेसले भन्यो-जनतालाई दिगभ्रमित गर्ने कुत्सीत मनसाय

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नाममा ‘नक्कली विज्ञप्ति’ भाइरल भएपछि नेपाली कांग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्यौल सृजना गरी नेपाली जनतालाई दिगभ्रमित गर्ने कुत्सीत मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सन्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ,हतास मनस्थितिबाट गरिएका यस्ता घृणित कार्यको निन्दा गर्दै त्यस्ता गैरकानूनी कार्यमा संलग्न जो कसैलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ । साथै, यस्ता भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा नेपाली कांग्रेस अनुरोध गर्दछ ।’
यसअघि सामाजिक सञ्जालमा सभापति देउवाले वर्तमान सरकारको कार्यशैलीको विरोध गरेको र अध्यादेशको पनि घोर भर्त्सना गरेको भन्दै नक्कली विज्ञप्ति भाइरल भएको थियो ।









