एनआरएनएले थाइल्याण्ड र कम्बोडियामा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्दै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएनएले दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्न लागेको जनाएको हो । सम्मेलन थाइल्याण्डको बैंककमा १५—१६ मार्चमा आयोजना हुने बताइएको छ ।

सम्मेलनले नेपाली प्रवासी युवालाई सशक्त बनाइ उनीहरुलाई नेपालको समृद्धि र विकाससँग जोड्ने लक्ष्य लिएको एनआआरएनएका अध्यक्ष डा.बद्रि केसीले बताएका छन् ।

उनले सम्मेलनले नेपाली प्रवासी युवाहरू र नेपालका स्थानीय युवाहरूबीच मजबुत सम्बन्ध स्थापना गर्दै शिक्षा, रोजगारी र सामुदायिक विकासमा केन्द्रित सहकारी परियोजनाहरू निर्माण गर्न मद्दत पु¥याउने लक्ष्य राखेको बताए ।

अध्यक्ष केसीकाअनुसार सम्मेलनले युवा बेरोजगारी, सीप विकास र सुरक्षित आप्रवासन जस्ता समस्याहरू समाधान गर्न कार्यात्मक योजना प्रश्तुत गर्ने, सशक्त युवाहरूको नेटवर्क निर्माण गर्न सहयोग पु¥याउने अपेक्षा राखिएको छ ।

त्यस्तै, १८–१९ मार्च २०२५ मा कम्बोडियामा १० औं एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनको आयोजना गर्न लागेको अध्यक्ष केसीले बताए ।

संघले एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन ‘संगम’ नामाकरण गरेको र सो अवसरमा समृद्ध राष्ट्रको लागि गैरआवासीय नेपालीकोहरुको भुमिका, गैरआवासीय नागरिकताको पूर्ण कार्यान्वयन, पिएनओजका माग, लगानी, पर्यटन, विदेशमा बस्ने नेपाली विज्ञहरुको राष्ट्र निर्माणमा भुमिका, सामाजिक रुपान्तरणको लागि महिला सशक्तीकरण एवं लैंगिक समानताका बारेमा छलफल हुने बताए ।

अध्यक्ष केसीले एशिया कन्फ्रेन्समा एशियाका ११ वटा देशहरुको सहभागिता रहने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =