बालविवाह अन्त्यका लागि तीन तहका सरकार मिलौँ : मन्त्री सुडी

काठमाडौं । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले बालविवाह अन्त्यको लागि तीन तहको सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताएका छन् ।
मंगलवार ललितपुरमा बालविवाह मुक्त नेपाल अभियान सञ्चालनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सुडिले यस्तो बताएका हुन् ।
उनले संघ र प्रदेश सरकारले निर्माण गरेका कानूनहरुको कार्यान्वयनका स्थानीय तह लाग्न आवश्यक रहेको बताए ।
‘हामीलाई पनि तीनै सरकारलाई मिलेर यो देशमो समृद्धिको लागि, विकासको लागि र उन्नतीको लागि सहकार्य ग¥यो भने सम्भव छ,’उनले भने‘आफ्नै आफ्नै डबली बजाए भने देशको कल्याण हुँदैन । बालविावहमुक्त नेपाल बनाउनका लागि र समाजका अन्य समस्याकाको समाधानका लागि अगाडि बढ्न जरुरी छ ।’
उनले कानूनको परिपालनाका लागि आफू मातहतका स्थानीय तहहरुलाई निर्देशन दिन प्रदेश मन्त्रीहरुलाई निर्देशन पनि दिए । उनले सबैले आ—आफ्नै डबली बजाएर देशको कल्याण नहुने जिकिर गरे ।
उनले बालविवाहका कारण बाललिकाहरुको शारीरिक र मानसिक शोषण भइरहेको उल्लेख गरे । बालविवाहको अन्त्य गर्दै समाजमा विद्यमान समस्याहरुको समाधानका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।
मन्त्री सुडीले तीनै तहको सरकार मिलेर अघि बढ्नसकेमात्र सामाजिक विकृतिहरुको अन्त्य गर्न सकिने बताए ।








