नेकपा एसमा आउने सम्भावना छँदैछ : वामदेव गौतम

काठमाडौँ । पूर्वमन्त्री एवं नेता वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेशका सन्दर्भमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

सोमवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल र गौतमबीच भेट भएको हो । भेटका क्रममा पुराना संस्मरणहरू पुनः जीवित गरेको नेता गौतमले बताए । उनले नयाँ पाइला सँगै अघि बढाउनेबारेमा पनि छलफल भएको पनि बताए ।

उनले भने ‘पुराना पुराना संस्मरणहरू पुनः जीवित गरियो । नयाँ आकाशतिर फेरि हिँड्नुपर्छ भन्नेकुरा भयो । र आजलाई स्थगित भयो । पार्टीमा आउने सम्भावना छँदैछ ।’

नेता गौतमले नेकपा –एकीकृत समाजवादी० मा प्रवेश गर्ने सम्भावना जीवितै रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 8 =