बामदेव गौतमलाई पार्टीमा भित्र्याउन एकीकृत समाजवादीले यी विषयमा सहमति जनाउनुपर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता बामदेव गौतमबीच सोमबार भेटवार्ता भएको छ । सोमबार एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा नेपाल र गौतमबीच करिब एक घण्टा छलफल भएको थियो ।
पार्टी एकताको विषयमा भएको छलफल विना निष्कर्षृ सकिएको छ । छलफलबाट बाहिरिएपछि पत्रकारहरुसंग संवाद गर्दै उनले समाजवादी पार्टी प्रवेश गर्ने टुंगो लागिनसकेकाले अहिल्यै भन्न नसकिने बताए । गौतमले पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी अधयक्ष नेपालसंग प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने विषयमा कुरा राखेका थिए ।
तर नेपाल यस विषयमा सहमत भएनन् । यद्यपी आफ्नो धारणालाई उपयुक्त ठाउँहरुमा राख्ने अनुमति दिएमा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्न सक्ने गौतमको भनाई थियो । यस विषयमा अध्यष नेपालले पार्टीमा सल्लाह गर्ने बताए ।
भेटवार्ताका क्रममा गौतमले सम्पूर्ण केन्द्रीय सदस्य पूर्णकालीन हुनुपर्ने,पूर्णकालीन हुन तयार नहुनेलाई केन्द्रीय कमिटीमा राख्न नहुने धारणा राखेको बताए । पार्टी प्रवेशका विषयमा संवाद जारी रहेको उनले बताए ।
नेता गौतमले पुराना संस्मरणहरु पुनःजीवित गरेको उल्लेख गर्दै एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने सम्भावना जीवितै रहेको बताए ।








