झापा पुगेर प्रचण्डले भने– सुई ओलीतिर सोझिएपछि मलाई प्रधानमन्त्रीबाट हटाइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको संरक्षण गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको संरक्षण गरिहरेको बताए ।

उनले आफू प्रधानमन्त्री भएका बेला गिरिबन्धुको छानबिन गर्न खोज्दा आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताए ।

उनले प्रधानमन्त्री ओलीतिर सुई सोझिएपछि बिचौलियाहरूको झुन्डले आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताए ।

‘अहिलेका प्रधानमन्त्री ओलीतिर भ्रष्टाचारको सुई सोझिएपछि मलाई प्रधानमन्त्रीबाट हटाइयो, यो सरकारले भ्रष्टाचारीको संरक्षण गरिरहेको छ,’उनले भने‘यो सरकार बिचौलियाको झुन्डबाट बनेको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twenty =