सहकारी ठगीमा पक्राउ परेका भरतमणि जंगम रिहा

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरतमणि जंगम रिहा भएका छन् ।

साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनी शुक्रवार हिरा भएका हुन् ।

उनी विरुद्ध सहकारीबाट १ करोड ६ लाख ठगी गरेको उजुरी परेको थियो । ७ पुसमा पक्राउ परेका जंगम ‘गुड फर पेमेन्ट’ चेक दिएर रिहा भएको स्रोतले बतायो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको रोहबरमा उनलाई रिहा गरिएको बताइएको छ । उनीसँगै पक्राउ परेका लुमन दाहाल पनि रिहा भएका छन् ।

जंगम साई स्वाग सहकारीका अध्यक्ष हुन् भने दाहाल तत्कालीन कोषाध्यक्ष हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + four =