राष्ट्रिय किताबखानाका शाखा अधिकृत तीन लाख घुससहित पक्राउ
२०८१ पुस १४ गते

काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीमार्ग तहाचल, काठमाडौंका शाखा अधिकृत तीन लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार साँझ शाखा अधिकृत धनेश्वर प्रसाईंलाई सेवाग्राहीसंग तीन लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।
पक्राउ परेका प्रसाईमाथि थप अनुसन्धान भइरहेको छ । सेवाग्राहीको पेन्सनपट्टा बनाईदिने भन्दै उनले घुस मागेको आरोप छ ।
२०८१ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित








