चाक्ले बगरमा ‘ब्रेक फेल’ हुँदा जिप दुर्घटना,सन्तबहादुरको मृत्यु

मकवानपुर । यहाँको राक्सिराङ गाउँपालिका–५, चाक्ले बगरस्थित भित्री सडकमा आइतबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मनहरीबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २९४६ नम्बर को जिपको ‘ब्रेक फेल’ भई सडकबाट झण्डै चार मिटर तल खस्दा कैलाश गाउँपालिका–३ का ५६ वर्षीय सन्तबहादुर गोम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका गोम्बाको उपचारका क्रममा मनहरी अस्पतालमा मृत्यु भएको हो । उक्त जिपमा आठ जना सवार थिए । अन्य यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ । जिप चालक फरार रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 2 =