प्रधानमन्त्री ओली स्वर्गीय मनमोहन सिंहप्रति श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री केही शर्मा ओलीले बिहीबार दिवंगत भएका भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रचण्डले सामाजिक सञ्जालमार्फत दिवंगत सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवादहरू सम्झिरहेको उल्लेख गरेका छन् । ‘मित्रराष्ट्र भारतका पूर्व प्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरू सम्झिरहेको छु । दिवंगत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =