सहकारी ठगी प्रकरणमा पूर्व प्रदेश सभा सदस्य गुरुङ पक्राउ
२०८१ पुस ९ गते

काठमाडौं । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा संलग्न आरोपमा पूर्वप्रदेश सभा सदस्य मिना गुरुङ पक्राउ परेकी छन् ।
नेकपा एमालेबाट गण्डकी प्रदेशका पूर्वसांसद रहेकी गुरूङलाई सहकारी ठगी अभियोगमा उनको निवासबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। आवश्यक कारबाही प्रक्रियाका लागि उनलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष रहेकी गुरूङ सहकारी दर्ता भएको एक महिनापछि उपाध्यक्ष भएकी थिइन्।
सूर्यदर्शन सहकारी ठगीका विषयमा आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्रमा गुरूङलाई पनि प्रतिवादी बनाइएको थियो।
२०८१ पुस ९ गते
प्रतिक्रिया








