एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित

डोटी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छन् ।

सोमबार भएको मतदानको आज बिहान मत परिणाम सार्वजनिक भएको हो । निकटतम् प्रतिद्वन्द्वी शेरबहादुर मल्ललाई ४४ मत अन्तरले पराजित गर्दै मलासी निर्वाचित भएकी हुन् । मलासीले दुई सय १५ मत प्राप्त गर्नुभयो भने उनका प्रतिद्वन्द्वी मल्लले एक सय ७१ मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा खगेन्द्र बडैला निर्वाचित भएका छन् । उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको थियो ।

सचिवमा पदमराज भट्ट खुला उपसचिवमा डम्बरसिं डौडी र महिला उपसचिवमा बिस्ना सिंह निर्वाचित भएका छन् । एमाले डोटीको जिल्ला अधिवेशन पटक पटक सर्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =