म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगियो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ ।

उनलाई फेरी म्याद थपका लागि अदालत उपस्थित गराइएको हो । रविमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।

सरकारी वकिल कार्यालयले रविमाथि अनुसन्धान भइरहेको भन्दै म्याद थपको माग गरेको हो ।

आज रास्वपा सभापति लामिछानेसहित ५ जनालाई अदालत उपस्थित गराइएको छ । प्रहरीले अनुसन्धान रिपोर्ट बुझाए पनि अध्ययन गर्न समय लाग्ने भएकोले म्याद थप मागिएको हो ।

सूर्यदर्शन सहकारी ठगीमा ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड बिगो माग सहित प्रहरीले प्रतिवेदन तयार गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + ten =