गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

काठमाडौं । गुल्मीमा शुक्रबार साँझ भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बुटवलबाट देउरालीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश १००१ ज १३८५ नम्बरको गाडी मुसिकोट नगरपालिका-४, दजाकोटमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा परेर रेसुङ्गा नगरपालिका-८ का ४५ वर्षीय रबिनकुमार श्रीसको मृत्यु भएको छ । गम्भीर घाइते अवस्थामा उनलाई गुल्मी अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिएका छन् ।

मृतक श्रीसका परिवारका सदस्य पनि दुर्घटनामा परेका छन् । उनकी पत्नी ३८ वर्षीय बसन्ती श्रीस र ८ वर्षीय छोरा एक्सन श्रीस घाइते भएका छन् । गाडी चालक मुसिकोट नगरपालिका-२, देउरालीका २४ वर्षीय दिपक सुनार, २० वर्षीय माधव आचार्य र ४३ वर्षीय गंगा भट्टराई पनि घाइते भएको प्रहरीको भनाइ छ ।

सुरुमा घाइतेहरुको गुल्मी अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि सबैलाई पाल्पा रेफर गरिएको छ । दुर्घटनाको कारण र थप अनुसन्धानका लागि प्रहरीले काम गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =