पर्सामा सकियो लामिछानेको बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पर्सामा बयान सकिएको छ । मंगलबार एकैदिनमा उनको बयान सकिएको हो ।

लामिछानेको बयान सकिएकाले भोलि पोखरा फिर्ता पठाइने पर्सा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले बताए ।बयानका लागि उनलाई सोमबार पोखराबाट काठमाडौं हुँदै पर्सा लगिएको थियो ।

पर्साको वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा लामिछानेसंग बयान लिइएको हो ।

लामिछानेमाथि सहकारी ठगी संगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 19 =