गृहमन्त्री लेखकको कार्यकालमा रविमाथि तानाशाही व्यवहार हुनु दुर्भाग्यपूर्ण : कांग्रेस सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लामो समयदेखि राज्य नियन्त्रित प्रहरी हिरासतमा राखेर भइरहेको अनुसन्धानप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अनुसन्धानलाई निष्पक्ष र छिटो सम्पन्न गरी न्यायालयमार्फत न्यायिक प्रक्रिया अघि बढाउनुपर्ने समेत बताए ।

उनले भनेका छन्, ‘प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको गृहमन्त्रीकै कार्यकालमा यस्तो तानाशाही व्यवहार हुनु दुर्भाग्यपूर्ण छ । अनुसन्धानलाई निष्पक्ष र छिटो सम्पन्न गरी न्यायालयमार्फत न्यायिक प्रक्रिया अघि बढाउनुपर्छ । न्यायालयको निर्णयलाई सबै पक्षले स्वीकार गर्नुपर्नेमा प्रहरी हिरासतको लम्बिँदो श्रृङ्खलाले गम्भीर शंका उत्पन्न गरेको छ । यस्तो स्थितिले राज्यप्रतिको विश्वास खस्काउन सक्छ, जुन लोकतान्त्रिक मूल्य मान्यताका लागि हानिकारक छ । यस कारण यस विषयलाई शीघ्र अदालती प्रक्रियामा लगेर समाधान गर्न म सम्बन्धित निकायलाई आग्रह गर्दछु ।’

कुनै पनि व्यक्तिलाई अनुसन्धानको नाममा अनावश्यक धरपकड गर्ने,बिरामी हुँदा पनि अस्पताल जान नदिने, उपचार पाउने नागरिक अधिकारमा बन्देज लगाउने र मानसिक तनाव दिने जस्ता कार्य स्वीकार्य हुन नसक्ने पनि उनले बताए ।

पूर्वदेखी सुदुरपश्चिम प्रदेशसम्म नि:शुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका सांसद डा.शर्मा तलबभत्ता समेत नलिने एकमात्र सांसद हुन् । पैसाको अभावमा उपचार गर्न नपाएका नागरिकहरुको सांसद शर्माले नि:शुल्क रुपमा उपचार समेत गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =