राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तलाई नियुक्तिपत्र प्रदान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त र आयुक्तलाई नियुक्तिपत्र प्रदान गरेका छन् ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका गुरुङले आज मन्त्रालयमा प्रमुख आयुक्तमा डा.सुरेश आचार्य,आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्तिपत्र प्रदान गरेका हुन् । मन्त्री गुरुङले पत्र हस्तान्तरणसँगै उनीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

मन्त्रालयका सचिव राधिका अर्यालले उनीहरूले आयोगको काम, कर्तव्य र अधिकारको भरपुर प्रयोग गरी जनतामा सेवा पुर्‍याउनेतर्फ मन्त्रालय आशावादी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =