गृहमन्त्री लेखक र प्रदेश प्रमुख जोशीबीच भेटघाट

काठमाडौं । गृहमन्त्री रमेश लेखक र कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीबीच आज यहाँ भेटघाट भएको छ । प्रदेश प्रमुख जोशीको सरकारी निवासमा उहाँहरुबीच भेटघाट भएको हो ।

सो अवसरमा दुवैजनाबीच सोमबारदेखि कर्णाली प्रदेशको सुरक्षा समन्वय परिषद्को बैठकबारे छलफल भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । प्रदेश सुरक्षा समन्वय परिषद्को बैठकमा सहभागी हुन गृहमन्त्री लेखक आज सुर्खेत आइपुगेका हुन् ।

यसैबीच गृहमन्त्री लेखकले आजै सुर्खेतस्थित गुर्भाकोट नगरपालिकाको गुमीमा रहेको विशेष सुरक्षा गण, चौरजहारी, राकम र सुर्खेतको गुमीमा स्थापित दङ्गा नियन्त्रण प्रहरी गणको निरीक्षण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =