निजामती सेवाको मौजुदा व्यवस्थालाई संघीय शासन प्रणालीअनुरूप रूपान्तरण गर्न आवश्यक : मन्त्री गुप्ता

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विद्यमान निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी मौजुदा व्यवस्थालाई संघीय शासन प्रणालीअनुरूप रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै मन्त्री गुप्ताले यस्तो बताएका हुन् ।

उनले समग्र कर्मचारी प्रशासनलाई व्यवस्थापन गर्न मौजुदा व्यवस्थालाई संघीय शासन प्रणालीअनुरूप रूपान्तरण गर्न आवश्यक रहेको बताए । उनले संघीय निजामती सेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति राजनीतिक रुपमा तटस्थ, पेसागत रुपमा सक्षम, सेवा प्रवाहमा उत्तरदायी र व्यवसायीक बनाउनुपर्ने बताए ।

उनले राज्यको सुशासन संयन्त्रको रुपमा विकास गर्नेगरी संघीय निजामती विधेयकमा नवीनतम व्यवस्था र विशेषता समावेश गर्नुपर्ने बताए । उनले संघीय निजामित ऐनमा ११ वटा सेवा, ९ वटा श्रेणी १४ वटा तह रहने व्यवस्था गरिएको समेत समितिमा जानकारी गराए ।

उनले भने ‘संवैधानिक व्यवस्था बमोजिम संघ, प्रदेश र स्थानीय तहको समग्र कर्मचारी प्रशासन र व्यवस्थापन गर्न तथा विद्यमान निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी मौजुदा व्यवस्थालाई संघीय शासन प्रणाली अनुरूप रूपान्तरण गर्न आवश्यक छ । संघीय निजामती सेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति राजनीतिक रुपमा तटस्थ, पेसागत रुपमा सक्षम, सेवा प्रवाहमा उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासन संयन्त्रको रुपमा विकास गर्नेगरी संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनी व्यवस्था गर्न बनेको विधेयकमा नवीनतम व्यवस्था र विशेषता समावेश गर्नुपर्ने आवश्यकता छ । संघीय निजामित ऐनमा ११ वटा सेवा, ९ वटा श्रेणी १४ वटा तह रहने व्यवस्था गरिएको छ । खुला प्रतियोगिताद्वारा पूर्ति गरिने पदको ४९ प्रतिशत पद महिला, खसआर्य, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, पिछडिएको क्षेत्र र अपाङ्गता भएका व्यक्तिका लागि छुट्याइएको छ । यसरी छुट्याइएको पदको ५० प्रतिशत महिलाको लागि मात्र छुट्याइएको छ ।’

समितिमा अधिकांश सांसदहरूले विधेयकलाई छिटो टुङ्गोमा पुर्‍याउन दबाब दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twenty =