दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतको अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका प्रसाईंलाई आइतबार ३ दिन म्याद थप भएको हो ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया लगानी गरेको भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + ten =