प्रधानमन्त्रीको चीन भ्रमणमा बिआरआई सम्झौता हुनु सुखद् : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रोड एण्ड बेल्ड इनिसिएटिभ (बिआरआई) सम्झौता गरेकोमा खुशी प्रकट गरेका छन् ।

चीन भ्रमण सेकर शनिवार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री खनालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले नेपालको तयारी नपुगेपनि अन्तिममा बिआरआई परियोजनामा सम्झौता गर्नु सुखद् पक्ष भएको उल्लेख गरे ।

बिआरआई सम्झौता गर्नु नै थियो भने छिमेकी देशसँग यत्रो नाटक किन गर्नुपरेको ? भन्दै प्रश्नसमेत गरे ।

पूर्वप्रधानमन्त्री खनालले छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले कसरी विश्वसँगको सम्बन्ध राम्रो बनाउँछ भन्ने उनको प्रश्न छ ।

सम्मानित नेता खनालले प्रधानमन्त्रीको चीन भ्रमणमा आन्तरिक गृहकार्य नपुगेको महशुस आफूले गरेको बताए ।

उनले भने– ‘अन्तिममा बिआरआई सम्झौता भयो । भाषा यताउति गरेर भयो । गर्नैपर्ने थियो भने यत्रो नक्कली नाटक किन गर्नुभयो ? छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन जसले सक्दैन, संसारसँग कसरी राम्रो सम्बन्ध बनाउने ? यो त पहिला नै अध्ययन गरेर होमवर्क गरेर गर्नुपर्ने का हो । छिमेकीसँग यो प्रकारको लापरवाही गरेर गर्नु हुँदैन थियो । तर जे होस् धेरै पटक घुमाउरो गरेर भएपनि बिआरआई सम्झौता भएको छ । त्यो राम्रो कुरा हो । मैले खुशी प्रकट गर्नुपर्छ ।’

सम्मानित नेता खनालले नेपाल सरकारले अविलम्व पारवहन सुविधा साकार बनाउन तत्काल अध्ययन जरुरी रहेको बताए ।

भारतबाट ४ पटक नाकाबन्दी भोगिसकेको भन्दै पारवहन खुला हुने स्थिति बनेको खण्डमा कहिल्यै पनि नाकाबन्दी भोग्नु नपर्ने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + seventeen =