शौचालयमा लडेर ५ वर्षीया बालिकाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडामा शौचालय (ट्वाइलेट) मा लडेर एक बालिकाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–५ सिँचाइटोलमा बुवासँगै डेरामा बस्ने महोत्तरी एकडाँडा गाउँपालिका–३ अजमरपटीकी पाँच वर्षीया बालिका सिरिशाकुमारी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिरिशा शुक्रबार राति साढे ९ बजे ट्वाइलेट गएकी थिइन् । उनी ट्वाइलेटमा लडेपछि टाउकोमा चोट लागेको थियो । राति नै हेटौडा अस्पताल पुर्‍याइए पिन चिकित्सकले मृत घोषणा गरेका थिए । शव हेटौंटा अस्पतालमै राखिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =