चुनावबाट उत्साहित माओवादीको पदाधिकारी बैठक खुमलटारमा

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बैठक बसेको हो । बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको स्थगित २३औं राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ र लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख अमिक शेरचनलाई उपाध्यक्ष बनाउने विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । भर्खरै सकिएको स्थानीय तहको उपनिर्वाचनको परिणामलाई लिएर माओवादी नेताहरुले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eleven =