स्थानीय तह उपनिर्वाचन : मतगणना सुरु
२०८१ मंसिर १६ गते

फाइल तस्बीर ।
काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आइतबार सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ ।
गोरखा नगरपालिका वडा नम्बर–५,कालीकोटको तिलागुफा नगरपलिका–४, जाजरकोटको कुशे गाउँपालिका ७,ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को लगायतका विभिन्न स्थानमा मतगणना सुरु भइरहेको हो ।
यस्तै उपनिर्वाचन सम्पन्न भएको काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि मतगणना थाल्ने तयारी भइरहेको छ। सबै मतपेटिकाहरू मतगणना स्थलमा ल्याइसकिएको छ ।
बालाजुको चस्मतिस्थित १६ नम्बर वडा कार्यालयमा मतगणना हुनेछ । अहिले सर्वदलीय बैठक बसिरहेको छ। निर्वाचन आयोगले यसअघि मतगणना स्थलमा मतपेटिका जम्मा हुनेबित्तिकै मतगणना सुरु गर्न निर्देशन दिएको थियो ।
२०८१ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित








