जग्गा दान विवाद

एमालेलाई दिइएको जग्गा दानविरुद्धको मुद्धा पाँचौ पटक हेर्न नभ्याउनेमा

काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई पार्टी कार्यालय निर्माणका लागि दान दिएको जग्गा विवादको मुद्धा हेर्न नभ्याउनेमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा आइतबार पेसी तोकिएपनि हेर्न नभ्याउनेमा परेपछि सुनुवाई नभई स्थगित भएको हो ।

व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । यो पाँचौँ पटक हेर्न नभ्याउने भएको हो । यसअघि मंसिर २, मंसिर ४, मंसिर ७ र मंसिर १० गते हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो ।

२०८१ कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएपछि पटक–पटक सुनुवाइको पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन । अधिवक्ता ज्ञानबहादुर बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए ।

गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए ।

सोही दिन प्रधानमन्त्री ओलीको दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले पार्टी कार्यालय भवनको शिलान्यास समेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =