बढ्यो पेट्रोल र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको मूल्य बढाएको छ ।

निगमले शनिवार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले बढाएको हो ।

अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ र बाँकी क्षेत्रमा १५७.५० रुपैयाँ पर्नेछ ।

त्यस्तै, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १२८ रुपैयाँ पर्नेछ भने अन्तराष्ट्रिय हवाई इन्धन (अन्तर्राष्ट्रिय) काठमाडौंमा ९७५, पोखरामा ८१८ र भैरहवामा ८०२ अमेरिकी डलर पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =