सुशासन र विकासको बाटोबाट मुलुकलाई समृद्ध बनाउँछौ : प्रधानमन्त्री ओली

काठमाडौँ । धानमन्त्री केपी शर्मा ओलीले सरकार नागरिकप्रति जिम्मेवार रहेको बताएका छन् ।
सातौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्वेच्छाचारी ढंगले सभ्यता, संस्कृतिको धज्जी उडाएर, गति छोड्नेहरुलाई सरकारले ठिक बाटोमा हिँडाउने आफ्नो कर्तव्य सरकारले पूरा गर्ने बताएका हुन् ।
उनले सरकारले समाजलाई सही बाटोमा हिँडाउने कर्तव्य पुरा गर्नुपर्छ भन्ने कुरा बुझनुपर्ने पनि बताए ।
प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाट मुलुकलाई समृद्ध बनाउन आफूले चाहेको पनि दोहोर्याए ।
उनले पछि परेका जनताको सेवा गर्ने कामलाई सरकारले अघि बढाएको भएपनि राज्यको मेशिनरी पर्याप्त सहयोगी हुन नसकेको गुनासो पनि गरे ।
प्रधानमन्त्री ओलीले पछि परेका नागरिकलाई माथि उठाउनका लागि सरकारले सामाजिक सुरक्षा कोष लगायतका कार्यक्रमलाई अघि बढाएको पनि बताए ।
प्रधानमन्त्री ओलीले सरकारले गरिवी, अभाव र पछौटेपन अन्त्य गर्न संकल्प लिएको बताए ।
उनले भने– ‘जनता संविधान, कानूनभन्दा माथि हुन्छन् । जनतामा स्रोत, शक्ति निश्रित हुन्छ । जनताले सबै कुरा हेरफेर, परिवर्तन सबै गर्न सक्छन । तर सामूहिक शक्तिको रुपमा । इन्डिभिज्युल संविधान मान्नुपर्छ, कानून मान्नुपर्छ । म त सार्वभौत जनता कहाँ मान्छु भन्न पाइँदैन । कलेक्टिभ अर्थले उसले परिवर्तन गर्छ । राणा शासन कसले फाल्यो, व्यक्तिले होइन, फलानो व्यक्ति क्रान्तिकारी भएर होइन, जनता क्रान्तिकारी भएर हो । अव त्यो जनता भित्र कोही नेता थियो होला, कोही भोटिभेटर थिए होला । अरु कोही अर्को खालका थिए होला । हरेकले संविधान मान्दिन भनेर, कानून मान्दिन भनेर स्वेच्छाचारी ढंगले सभ्यता, संस्कृतिको धज्जी उडाएर, गति छोडेर गयो भने त्यो ठिक हुँदैन । त्यस्तोमा फेरि जिम्मेवार सरकारले समाजलाई ठिक बाटोमा हिँडाउने उसको कर्तव्य पनि हो भन्ने कुरा पनि बुझ्नुपर्छ । यो कर्तव्य पनि हो । र, जसले दुख पाएको छ, जो पछाडि परेको छ । कोही पनि पछाडि नपरोस् । उसलाई अगाडि कसरी ल्याउने ? जो कमाउन सक्छ, जो कमाउन सक्छ, खान्छ । जसले कमाउन सक्छ, उसले छोराछोरी पढाउन सक्छ । यस्तो होइन । हामीले हरेक नागरिकलाई आम्दानी उपलब्ध गराउनु पर्दछ । जहाँ उसले खाना, लगाउनु पु¥याओस् । उसको मेन्टिनेन्स पु¥याओस् । र वचतको स्थितिमा पु¥याओस् । त्यसका निम्ति उत्पादन वृद्धि गर्नुपर्दछ । बचतको स्थितिमा नागरिक पु¥याउनु पर्दछ । अनि देश धनी हुन्छ । हामीले समृद्ध नेपालः सुखी नेपालीको हाम्रो गन्तव्य त्यसको अंगको रुपमा यी सबै कुराहरु हामीले सडकमा मानव हुन दिँदैनौ भनेका छौँ । उनीहरुलाई सडकबाट उठाई रहेका छौ । सरकार, सरकारको मेशिनरी पर्याप्त सहयोगी भइराखेका छैन । मानवतावादी भावना र मानव । यो कुराको सर्वोच्चता, यसको महत्व । सबैभन्दा माथि मान्छे । त्यो कुरालाई हामी हरेकले बुझ्न जरुरी छ । यसरी बुझेर हामी देशलाई गरिवी नभएको, पछौटेपन नभएको, एउटा आधुनिक, विकसित राष्ट्र बनाउन सक्छौं । सुशासन र विकासको बाटोबाट समृद्ध राष्ट्र बनाउन सक्छौं । आधुनिक, विकसित राष्ट्र बनाउन सक्छौं । जहाँ नागरिकले विज्ञान, प्रविधिले उपलब्ध गराएका सम्पूर्ण उपलब्ध सुविधा, सहुलियतहरु प्राप्त गरेको जिन्दगी बिताउन सकोस् । यी उपलब्धिहरु सानो अंशको मान्छेको नहोस् । यी उपलब्धिहरु हाम्रा राष्ट्रिय सम्पत्ति होउन, ग्लोवल सम्पती होउन् । मानव जातिको सम्पत्ति होस । उपलब्धि एसी बने । गर्मीका बेला एसी गरिवले फिट गरिदिन पाउँछ, त्यसमा बस्न पाउँदैन । हिटर, गरिवले बनाई दिन पाउँछ । त्यसमा बस्न चाहीँ पाउँदैन । बनाई दिने अरुले होइन, गरिवले नै हो । त्यो खालको अवस्था होइन, त्यस अवस्थालाई तोड्नुपर्छ । यसैकारण हामी सो सामाजिक सुरक्षा कोष खडा गरिरहेका छौं । ’








