सिन्धुलीमा एक जनामाथि गोली प्रहार, गाला छेडियो

काठमाडौँ । सिन्धुलीमा एक जनामाथि गोली प्रहार भएको छ । बागमती गाउँपालिका–१ का प्रेमबहादुर बोम्जनमाथि आज गोली प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काका अनुसार तराई मूलका ३ जना अपरिचित व्यक्तिले बोम्जनमाथि गोली प्रहार गरेका हुन् ।

उनले सिन्धुली, हरिहरपुरगढी गाउँपालिका–६ स्थित हप्सेमा उक्त प्रहार भएको बताए । उनका अनुसार ती अपरिचित व्यक्तिहरूले मकवानपुरबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेको अवस्थामा बोम्जनमाथि गोली प्रहार गरेका हुन् ।

ती व्यक्तिहरूले मोटरसाइकलमा सवार उनलाई रोकी नल कटुवा बन्दुकले गोली प्रहारका थिए ।

गोली प्रहार गरेसँगै तीनै जना फरार रहेका छन् ।

गोली प्रहारबाट हेलमेटको दायाँ तर्फबाट बोम्जनको गाला छेडिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । गोली बोम्जनको दाँतमा अड्किएको उनको भनाई छ ।

उनले बोम्जनको सर्लाहीस्थित मोडल अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि वीरगन्जको वयोधा अस्पताल पठाइएको जानकारी दिए ।

हाल बोम्जनको अवस्था सामान्य रहेको छ । प्रहरीले पनि उक्त फरार व्यक्तिहरूको खोजी गरिरहेको छ । बोम्जनसँगै सवार रहेका उनका भाइ दिल बहादुर बोम्जन भने सकुशल रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − two =