कुलमानको पक्षमा सर्वोच्चको फैसला : डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउने बाटो खुल्यो

हिमाल आइरन एण्ड स्टिलद्धारा दायर रिट खारेज

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउने नेपाल विद्युत् प्राधिकरणको निर्णयविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण र कुलमान घिसिङलाई विपक्षी बनाइ हिमाल आइरन एण्ड स्टिल प्रालिले दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतले खारेज गरेको हो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त रिट खारेज हुने फैसला सुनाएको हो । रिट खारेज भएसंगै नेपाल विद्युत् प्राधिकरणले तोकेको डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता रकम तिर्नुपर्ने भएको छ ।

प्राधिकरणले गत असोज २४ मा सार्वजनिक गरेको विवरण अनुसार हिमाल स्टिलले नेपालमा लोडसेडिङका बेला डेडिकेटेड र ट्रंक लाइन मार्फत विद्युत् उपभोग गरेको बिल १३ करोड ६५ लाख रुपैयाँ तिर्न बाँकी थियो । अब उसले उक्त रकम बुझाउनु पर्ने छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको निर्णय बमोजिम सर्वोच्चले फैसला गरेपछि प्राधिकरणलाई बक्यौता उठाउने बाटो खुलेको छ ।

हेर्नुहोस् प्राधिकरणद्धारा गत असोज २४ मा जारी सुचना

प्रतिक्रिया

One thought on “कुलमानको पक्षमा सर्वोच्चको फैसला : डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउने बाटो खुल्यो

  1. नेपालको सर्बोच्च अदालतमा न्याय अझै मरेको छैन रहेछ! यो निर्णय कुलमानको पक्षमा मात्र नभै सम्पूर्ण नेपालीहरूको पक्षमा भएको छ!यो निर्णय भ्रष्ट दलाल सरकार र बिचौलियाहरूको बिरूद्धमा भएको छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =