बालुवाटार घेर्न गएका रास्वपाका ११ कार्यकर्ता गिरफ्तार
२०८१ कार्तिक १३ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ११ कार्यकर्ता बालुवाटारबाट पक्राउ परेका छन् ।
रवि लामिछाने रिहाइको माग गर्दै बालुवाटारमा विरोध प्रदर्शन गर्न गएका रास्वपाका कार्यकर्ताहरू पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरूलाई बालुवाटार नजिक नेपाल हाउसको अगाडिबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी ११ जना रहेका छन् ।
रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन गरेको बताए ।
२०८१ कार्तिक १३ गते
प्रतिक्रिया
सम्बन्धित








