२ सय २१ के.जी. ३८ ग्राम गाँजासहित १ जना पक्राउ

काठमाडौँ । लागुऔषध गाँजासहित धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । २२१ के. जी. ३८ ग्राम गाँजासहित प्रहरीले प्रकाश लुड्वालाई पक्राउ गरेको हो ।

धनुषा प्रहरीबाट विशेष सूचनाको आधारमा खटेको टोलीले जनकपुरधाम १४ बाबा आयल सेन्टर अगाडीबाट भिमफेदी गाउँपालिका २ का २४ वर्षीय लुड्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताए ।

मकवानपुरको भिमफेदीबाट जनकपुरतर्फ आउँदै गरेको ना.५ ख. १७७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्दा उक्त ट्रकको पछाडिपट्टिको बडिको भागमा फल्स बटम बनाई लुकाई छिपाई गरि ल्याउँदै गरेको प्रतिबन्धित २ सय २१ केजी लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =