बिछ्यौनामा मृत भेटिए दम्पती, घटना शंकास्पद
२०८१ कार्तिक ९ गते

फाइल तस्बिर
कञ्चनपुर । लालझाडी गाउँपालिका-१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई बिहान मृत फेला पारिएको हो ।
त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए । ‘घटना शङ्कास्पद छ, उनले भने, ‘मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।’
२०८१ कार्तिक ९ गते
प्रतिक्रिया
सम्बन्धित








