कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम सुरु भइसक्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने काम सुरु गरिएको बताएका छन् ।

आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कीर्तिपुर किकृट रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि फल्डलाइट र आवश्यक संरचना बनाउने काम सुरु गरेको बताए ।

उनले सहरी विकास मन्त्रालयसँगको सहकार्यमा रङ्गशाला विस्तारको काम थालिएको दाबी गरे ।

‘सरकारको पहिलो निर्णय रङ्गशाला बनाउने भन्ने थियो,’उनले भने, ‘सोही अनुसार काम सुरु गरिएको छ । सहरी विकास मन्त्रालयसँग सम्झौता भएर काम सुरु भइसकेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =