अब कहिल्यै पौडी खेल्ने छैनन् आइतरानी, सन्देशको शव अझै भेटिएन
२०८१ असोज २८ गते

फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिका आज मृत फेला परेकी छिन् ।
बेपता भएकी १२ वर्षीया आइतरानी शेर्पा आठराई त्रिवेणी गाउँपालिका–४ ओडारेमा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।
यही असोज १८ गते पौडी खेल्ने क्रममा शेर्पासँगै स्थानीय ११ वर्षीय सन्देश बराइली पनि बेपत्ता भएका थिए ।
उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
२०८१ असोज २८ गते
प्रतिक्रिया
सम्बन्धित








