जनताले सरकार भएको आभाष गर्न पाएनन् : सांसद बाँस्कोटा
२०८१ असोज २८ गते

काठमाडौँ । नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले जनताले सरकार भएको आभाष गर्न नपाएको बताएका छन् ।
उनले विपद्का बेला सरकारले नागरिकलाई साथमै रहेको अनुभूति दिलाउन नसकेको बताए ।
उनले विपद्को अवस्थामा नागरिकलाई म एक्लो छैन, साथमा सरकार छ भन्ने अनुभूति दिलाउन सक्नुपर्नेमा जोड दिए ।
नेपालमा घोषणा गरिएका काम हुन्छ है भन्ने सन्देश नागरिक र अन्तर्राष्ट्रिय समुदायलाई दिन सक्नुपर्ने उनले बताए ।
सरकारले कामको घोषणा गर्ने तर काम नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।
‘नेपालमा घोषणा गरिएका काम हुन्छ है भन्ने सन्देश नागरिक र अन्तर्राष्ट्रिय समुदायलाई दिनुपर्छ,’ उनले भने,‘घोषणा गर्ने, काम नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । बजेट थुप्रिने, केही नगर्ने र अलमलमा पर्ने कुरा हुनु भएन ।’
२०८१ असोज २८ गते
प्रतिक्रिया
सम्बन्धित








