एन्फा नेतृत्वबाट राजीनामाको आशा गर्दिनँ,छानविन आयोग गठन गरेर पीडितलाई न्याय दिलाइयोस् : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) को गलत व्यवस्थापन र निर्णयको कारण ६ जना किशोर फुटबलरले ज्यान गुमाउन परेको भन्दै एन्फा नेतृत्वले राजीनामा दिनुपर्ने बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्,“गत २०८१ असोजमा एन्फा व्यवस्थापनको गलत निर्णय र कमजोरीको कारण पहिरोमा परेर ६ जना किशोरको दु:खद निधन भयो । वर्तमान समयमा एन्फा नेतृत्वबाट राजीनामाको आशा वा अपेक्षा गर्दिन । कमसेकम सरकारले छानबिन आयोग गठन गरोस् र पीडितलाई न्याय देओस् भन्ने माग गर्दछु । यस तर्फ प्रम के पी ओलीको ध्यान आकर्षित गर्दछु ।”
पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले यस विषयमा सरकारले छानबिन समिति बनाएर अनुसन्धान गर्दे पीडितलाई न्याय दिनुपर्ने बताए । उनले लेखेका छन्,“२०४५ साल फागुनमा आँधिबेहरीको कारण दशरथ रंगशालामा भएको दुर्घटनामा धेरैको ज्यान गयो।कसैको दवाव थिएन,कसैले राजिनामा मागेको पनि थिएन।अन्तर्आत्माको आवाज सुनेर अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षबाट मैले तत्काल राजिनामा दिएँ। सरकारले छानविन आयोग गठन गर्यो।अन्ततः राष्ट्रिय खेलकुद परिषद विघटन भयो,शिक्षा मन्त्री राजिनामा दिन वाध्य भए। यो राजाको शासन र पंचायतकालको कुरा थियो।
गत २०८१ असोजमा एन्फा व्यवस्थापनको गलत निर्णय र कमजोरीको कारण पहिरोमा परेर ६ जना किशोरको दुस्खद निधन भयो। वर्तमान समयमा एन्फा नेतृत्वबाट राजिनामाको आशा वा अपेक्षा गर्दिन।कमसेकम सरकारले छानविन आयोग गठन गरोस् र पिडितलाई न्याय देओस् भन्ने माग गर्दछु। यस तर्फ प्रम के पी ओलीको ध्यान आकर्षित गर्दछु । ”
गत असोज १२ गते पहिरोमा पुरिएर अनुप घलान मकवानपुर, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, बारा र दिवस बानियाँ मकवानपुरको ज्यान गएको थियो ।








