यस्तो छ आजको राशिफल [२०८१ असोज २५ गते]
![यस्तो छ आजको राशिफल [२०८१ असोज २५ गते]](https://www.makalukhabar.com/wp-content/uploads/2024/08/rashifal.jpg)
आजको पञ्चाङ्ग
वि.सं.असोज २५, २०८१ । ई.सं.11 Oct,2024 । शक संवत् १९४६ । नेपाल संवत् ११४४ कौलाथ्व । कालयुक्त दक्षिणायन शरद । शुक्रवार आश्विन शुक्लपक्ष । तिथि अष्टमी ०६ः५० बजेसम्म, त्यसपछी नवमी ०५ः४६बजेसम्म, त्यसपछी दशमी । नक्षत्र उत्तराषाढा ०१ः३७ बजेसम्म, त्यसपछी श्रवण । योग सुकर्मा ००ः१३ बजेसम्म, त्यसपछी धृति । करण वव ०६ः५० बजेसम्म, त्यसपछी वालव १८ः२१ बजेसम्म, त्यसपछी कौलव ०५ः४६ बजेसम्म, त्यसपछी तैतिल । चन्द्रराशि धनु । आनन्दादि योग आनन्द । दिनमान ११ः३५ । सूर्योदय ६ः०२ । सूर्यास्त १७ः३७
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। रोकिएका काम सम्पादन हुनेछन्। सामाजिक जिम्मेवारी बढ्नेछ। नयाँ कामको अवसर पनि प्राप्त हुनेछ।सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। शुभचिन्तकहरूको साथ–सहयोगले अप्ठ्यारा चुनौती पार लगाउन सकिनेछ। समाजसेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ। पेसा–व्यवसायमा राम्रो उपलब्धि हातलागी हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले यात्रा अलि कष्टपूर्ण हुनेछ। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। तापनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम बन्न समय लागे पनि सकारात्मक संकेत प्राप्त हुनेछ। थन्किएका वस्तुको उपयोग हुनेछ। समाजसेवा र सत्कार्यमा केही खर्च गर्नुपर्ने हुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायले आम्दानी दिलाउनेछ। खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउन सक्छ। आतिथ्य पनि केही खर्चिलो बन्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आँटेका काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। दिगो काम प्रारम्भ गर्ने समय छ। सुखद् समाचारले उत्साह जगाउनेछ। बुद्धिको उपयोगले चिताएको योजना कार्यान्वयनमा आउनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। आर्थिक क्रियाकलापमा समेत मनग्य फाइदा लिने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम दोहोर्याउनुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। व्यवसायमा मनग्य धनलाभ हुनेछ भने पहिलेको लगानीले दिगो फाइदा दिलाउनेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले निकै पछि परिनेछ। पछिल्लो समयका लागि केही वस्तु त्याग्नुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।
नेपाली पात्रोबाट








