हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइयो

काठमाडौं । हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको छ ।

बिहीवार नेपालीहरुको महान चाड वडा दशैँ अन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको हो ।

गोरखा दरबारबाट पठाइएको फूलपाती साईतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित शनिवार अपरान्ह दशैँ घरमा भित्र्याइएको हो ।

गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाईंका साथ भित्र्याइएको छ ।

फूलपातीको अवसरमा नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थितिमा फूलपाती बढाईंसमेत गरेको थियो ।

बढाईं कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए । सेनाको बढाईं टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाईं, मार्चपाससहितको बढाईं र षट्कोण चिन्हबाट बढाइँ प्रश्तुत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + seven =