राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना
२०८१ असोज २३ गते

भोजपुर । कोशी प्रदेश राज्यमन्त्री सिर्जना राईले रु एक लाख राशिको अक्षयकोष स्थापना गरेकी छन् । राज्यमन्त्री राईले पाँचधारे कला साहित्य केन्द्रमा ‘वीरेन्द्र गुरुङ स्मृति’ अक्षयकोष स्थापना गरेकी हुन् ।
आफ्नो जीवनकालमा गायक गुरुङले साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप अक्षयकोष स्थापना गरेको राज्यमन्त्री राईले बताइन् । “गुरुङले साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएको छ”,राज्यमन्त्री राईले भनिन्,“यस्ता व्यक्तिलाई समाजले कदर गर्न अवश्यक छ ।”
२०८१ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित








