सुकुम्वासी बस्तीमा महानगरको बेवास्ता सह्यै हुन्न : अनेरास्ववियु

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाले बाढी पहिरो पीडितलाई बेवास्ता गरेको आरोप लगाएको छ ।

बाढी पहिरोले तहसनहस भएको सुकुम्वासी बस्तीमा महानगरपालिले फोहोर व्यवस्थापन र राहत नदिएको अनेरास्ववियुको आरोप छ ।

अनेरास्ववियुले जिल्ला विपद् व्यवस्थापन समितिलाई ध्यानाकर्षण पत्र बुझाउँदै महानगरपालिका र सरकारका संरचना बेखबर रहेको बताएको छ ।

अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष निराजन थापाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा सुकुम्वासी बस्तीका बासिन्दाले महानगर समक्ष पटक पटक गुहार माग्दा पनि सम्बोधन नगरेको उल्लेख छ ।

विपद्का कारण सिर्जित फोहोर तथा अन्य अनावश्यक वस्तु हटाउनु पर्नेमा हालसम्म नहटाउँदा यसबाट मानव स्वास्थ्यमा असर परिरहेको अनेरास्ववियुले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको वडा नं १४ बल्खु, वडा नं ११ त्रिपुरेश्वर र थापाथलीमा रहेको सुकुम्वासी बस्ती बाढीबाट प्रभावित भएको छ ।

महानगरले बेवास्ता गरेपछि अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले असोज १७ गते डोजर र ट्याक्टरमार्फत उक्त बस्तीको फोहोर व्यवस्थापन गरेको थियो ।

अनेरास्ववियुले अविरल वर्षाका कारण सिर्जित फोहोर तथा अन्य अनावश्यक वस्तु हटाई, विपद् प्रतिकार्य, विपद् पूनर्लाभ र समग्रमा विपद् व्यवस्थापनका कार्य गरी स्वच्छ, स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =