पत्रकार महिलालाई सशक्त पार्दै संकल्प

काठमाडौँ । शान्ति, न्याय लोकतन्त्रका लागि समावेशी महिला सञ्जालले पत्रकार महिलाका चुनौती र अवसरहरूका विषयमा एक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सङ्कल्पको अध्यक्ष संगिता लामाले राजनैतिक क्षेत्रमा महिला सशक्तीकरणको उद्देश्यले स्थापित यस संस्थाले पत्रकार महिलाका क्षमता विकासमा पनि लामो समयदेखि काम गर्दै आएको बताइन् । त्यस्तै संस्थाका उपाध्यक्ष चन्द्रिका भट्टराईले पत्रकार महिला भित्रको अन्तर्विच्छेदनका विषयमा छलफल गर्नु जरुरी रहेकाले कार्यक्रम आयोजना गरिएको जनाइन् ।
कार्यक्रममा उपस्थित संस्थाकी केन्द्रीय सदस्य डा.छत्रा अमात्यलनेपाली समाजमा अझै पनि महिलालाई भोगको वस्तुको रुपमा लिइने र त्यसलाई महिलाले पनि स्विकार्ने प्रवृत्ति हटेको बताउँदै हरेक महिलाले आफूले आफूलाई माया र सम्मान गर्न सिकेमात्र अगाडि बढ्न सकिने धारणा राखिन् । त्यस्तै केन्द्रीय सदस्य शोभा विष्टले पत्रकार महिलाले आफ्नो लेखन सिपलाई निखार्न विभिन्न तालिम तथा कार्यक्रम जरुरी रहेको बताइन् ।
संस्थाकी केन्द्रीय सदस्य अमिका राजथलाले पत्रकार महिलाका चुनौती र अवसरहरुः अन्तर्विच्छेदनको अन्वेषण’ विषयक एक प्रस्तुति दिइन् । कार्यक्रममा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को अध्यक्ष रामकला खड्काले राजथलाको प्रस्तुतिमाथि टिप्पणी गर्दै डब्लुडब्लुजेले भविष्यमा पत्रकार महिलालाई नेतृत्वमा पुर्याउन संस्थाले क्षमता अभिवृद्धिका विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रीतब्धता जनाइन् ।








