काठमाडौंमा घरभित्रै बाढी, अस्तव्यस्त जनजीवन (तस्बिरहरु)
मकालु खबर
२०८१ असोज १२ गते
काठमाडौँ । बिहीबार रातीदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेको छ । वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न नदी-खोला किनारा डुबानमा परेको हो ।
बल्खुस्थित तरकारी बजार र सुकुम्वासी बस्तीमा पनि बाढी पसेको छ भने ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालय र एन्फा फुटबल मैदानमा पनि बाढी छिरेको छ । झरी र डुबानका कारण उपत्यकाको सवारी आवागमन पनि अस्तव्यस्त बनेको छ ।
बागमतीका सहायक नदीहरू विष्णुमती, धोवीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु,नख्खुलगायतमा जलसतह सतर्कता तह माथि रहेको र केहीमा खतरा पुगेको र बढ्दो रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध समेत गरेको छ ।
मकालु खबर
२०८१ असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित