चट्याङ लागेर ३ जनाको मृत्यु

काठमाडौँ । रोल्पा, त्रिबेणी गाउँपालिका–५ हाङजावाङ बस्ने ४२ वर्षीया चन्द्रकली वलीको चट्याङ लागेर मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

मोरङ, मिक्लाजुङ गाउँपालिका–३ तेह्थुमे टोलस्थित घर निर्माणको लागि आएका झापा दमक नगरपालिका–४ बस्ने ३६ वर्षीय कुमार मोतेको चट्याङ लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनको दमक अस्पताल दमक झापामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै बाजुरा, बुढिगंगा नगरपालिका–४ बानेगाउँ बस्ने ६० वर्षीय खम्ब कटुवालको चट्याङ लागेर गए राति घटनास्थलमै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =