भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा बुधवार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा भीरबाट ट्याक्टर खस्दा त्यसमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

ट्याक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको हो । नदीले बगाएको उक्त टयाक्टरको नम्बर प्लेट खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =