ठगी गरेको आरोपमा हास्य कलाकार ‘इकु’ पक्राउ
२०८१ भदौ २६ गते

काठमाडौं । हास्य कलाकार सुलेमान शंकर (इकु) पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कलाकार भिसामा मानव तस्करी गरेको आरोपमा ‘इकु’ पक्राउ गरेको हो ।
उनले कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भनी १५ देखि २० लाखसम्म रकम ठगी गर्ने गरेको सीआइबीले जनाएको छ ।
उनलाई मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
२०८१ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित








