कोरोना बीमा रकम माग गर्दै दायर रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
२०८१ भदौ २४ गते

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको रकम दाबी गर्दै दायर गरेको रिटमा सोमबार कारण देखाऊ आदेश जारी गरेको छ ।
बीमा कम्पनीहरूले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिए पनि अदालतले अस्वीकार गर्दै हालसम्म किन कोरोना बिमा बापतको रकम भुक्तानी नभएको हो भन्दै सरकारसँग जवाफ माग गरेको छ । सर्वोच्चले मुद्दालाई अग्राधिकार समेत प्रदान गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले विपक्षीहरूलाई अन्तरिम आदेशमा झिकाउँदै लिखित जवाफसहित उपस्थित हुन भनेको छ।
नेपाल बिमक संघले सरकारसँग रकम माग्दै आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरिएको थियो । हाल बीमितले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ।
२०८१ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








