प्रेस विज्ञप्ति

सि.जी. ले ल्यायो ‘नेपालकै अब्बल सीजीसंग खुसी डब्बल’ स्किम

काठमाडौँ । नेपाली ब्राण्ड सि. जी. ले दशैँ र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसंग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहकहरुको दशैँ तिहार थप उल्लासमय बनाउन लक्षित यस योजनाले प्रत्येक सि.जी. का सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत, सि.जी. तथा सि.जी. मेरिडियाका सामानहरुको खरिदमा ६०,५०० सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सक्नेछन् । यस स्किममा निम्न पक्का उपहारहरु रहेका छन,

  •  सि.जी. टि.भी. ६५” र ७५ ” र सि. जी. क्यूलेड (५५ ” र माथि) को खरिदमा २.१ स्पिकर फ्री
  • सि.जी रेफ्रिजरेटर (डबल डोर) को खरिदमा फ्राइ प्यान फ्री
  • सि. जी रेफ्रिजरेटर (साइड बाई साइड / मल्टी डोर) को खरिदमा मेरिडिया भ्याकुम फ्री
  • सि. जी माइक्रोवेभ ओभनको खरिदमा कुकिंग किट फ्री
  • सि.जी  फ्रन्ट लोड वाशिङ मेशिनको खरिदमा एरियल (६ किलो) फ्री
  • सि.जी सेमी र टप लोड वाशिङ मेशिनको खरिदमा एरियल (३ किलो) फ्री
  • सि. जी डिशवाशर को खरिदमा डिशवाशर किट फ्री

यस चाडपर्व अफरमा ग्राहकहरूले सि.जी टि.भी देखि सम्म खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, यो योजना अन्तरर्गत सि. जी. स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, सि.जी ले आफ्ना ग्राहकहरूलाई सि.जी एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडान प्रदान गर्दछ । यो योजना भाद्र २३, २०८१ बाट नेपालभर सीमित अवधिको लागि देशभर लागू हुने कम्पनीले जानकारी दिएको छ ।

आफ्ना ग्राहकहरुलाई मध्यनजर गरी सि.जी ले सि.जी मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =