कर्मचारीको खाजा खाने समय घटाइयो

काठमाडौं । कर्मचारीहरुको खाजा खाने समय घटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारेमा जानकारी दिएका हुन् ।

अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १:३० बजेदेखि २ बजेसम्म कायम गरिएको प्रधानमन्त्री ओलीले जानकारी दिए । कार्यालयको खाजा समयबारे यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न उनले अनुरोध समेत गरेका छन् ।

कर्मचारीहरुले खाजा खाने नाममा कार्यालयको काम रोकिन नहुने उनले बताए । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले भनेका छन्,‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + one =